• Saturday 25th of July 2026

मेरो खुट्टा परालको होइनन् : नेता कोइराला


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न सकेको छैन भन्नुभयो । केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन ।सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो । ” केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र काँग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताउनुभयो । “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।” उहाँले भन्नुभयो तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भन्नुभयो, “मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology