• Saturday 25th of July 2026

मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन


  • गोकर्णेश्वर अनलाइन

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको छ । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको हो । चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विभानस्थलमा विदेशबाट आउने यात्रुलाई कोभिड–१९ को स्वास्थ्य जाँच गरिरहेको छ । कोभिड–१९ को शङ्का लागेमा सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गर्दछ । विमानस्थलमा घरेलु र अन्तरराष्ट्रिय गरी चार ठाउँमा आउने जाने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology