• Saturday 25th of July 2026

कोभिड – १९ : डोल्पामा ८७ जना क्वारेन्टाइनमा


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन जिल्ला भित्रिएका मध्ये ५८ पुरुष र २९ महिलालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले ठुलीभेरी नगरपालिका तथा डोल्पो बुद्ध गाउँपालिकाका सहित अन्य गाउँपालिकामा तयार पारिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको जनाइएको छ । यहाँ विभिन्न दश स्थानमा हेल्थ डेक्स स्थापना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology