• Saturday 25th of July 2026

कोभिड–१९ : स्वास्थ्यकर्मीलाई पिपिइ वितरण


  • गोकर्णेश्वर अनलाइन

तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाका अनुसार साभुङ स्वास्थ्यचौकी, घिरिङ स्वास्थ्यचौकी र गजरकोट स्वास्थ्यचौकीलाई पिपिइ, मास्कलगायतका मेडिकल सामग्री उपलब्ध गराइएको छ । साथै आपतकालिन अवस्थाको लागि एक जना एम्बुलेन्स चालकलाई पनि पिपिइ उपलब्ध गराइएको छ । कोभिड–१९ को शङ्कास्पद बिरामीको परीक्षणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिनुभयो । गाउँपालिकाले कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि तीन वटा स्वास्थ्यचौकीमा नौ शैय््याको आइसोलेशन कक्ष निर्माण गरेको छ ।

पिपिइ वितरण थालियो

विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनलाई तीव्रता दिइएको बताउँदै रानाले उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको जानकारी दिनुभयो । विगत एक महिना यता विदेशबाट फर्किनेहरुको विवरण सङ्कलनका लागि वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई परिचालन गरिएको छ । ज्वरो आएपछि उपचारका लागि पठाइयो तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका एक व्यक्तिलाई ज्वरो आएपछि उपचारका लागि पोखरा पठाइएको छ । दुई हप्ता अगाडी भारतबाट फर्किएर घरमा बस्दै आएका ती व्यक्तिलाई गाउँपालिकाले उपचारका लागि पोखरा पठाएको हो । नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले सञ्चालन गर्दै आएको एम्बुलेन्समा ती व्यक्तिसहित उनका चार जना परिवारलाई आज पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । “ज्वरो आएको जानकारी पाएपछि स्वास्थ्य परीक्षण गरेर ढुक्क हुन आग्रह गरेर उहाँलाई पोखरा पठाएका हौ,” श्रेष्ठले भन्नुभयो, “ती व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि परिवारको पनि स्वास्थ्य परीक्षण गर्न भनेका छौ ।”

थालियो पिपिइ वितरण – Kalika News

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology