• Saturday 25th of July 2026

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिनुभयो । “उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित सङ्क्रमण फैलिन नपाओस् भने हामीले उहाँलाई अस्पताल नजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने नक्साड्कन (म्यापिङ) गरिरहेका छौँ ।” सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बिमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology