सुदर्शन बजगाई,काठमाडौं । भनिन्छ आँट भयो भने जस्तो सुकै काम पूरा गर्न सकिन्छ ठिक त्यस्तै भएको छ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा । वडा अध्यक्ष रमेश अर्याल सकृय भए र गोकर्णेश्वर अनलाइनमार्फत सहयोग गर्न अपिल गरे । मनकारी ब्यक्तीहरुको कमि थिएन छ नम्बर वडामा । वडा अध्यक्षको अपिल र कोरोनाबाट सिर्जित आर्थिक समश्याबाट कोहीपनी भोकभोकै बस्नु नपरोस भनेर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ निवासी एवम् निर्माण ब्यवसायी टुकमान लामाले एक लाख रुपियाँ ,हरि बहादुर बलले १ लाख ५० हजार रुपैयाँ र धुर्व श्रेष्ठले १ लाख दिए । वडा अध्यक्ष आफैंले पैसा लिन मानेनन बरु दातालाई नयाँबस्ती बिट अगाडिको भोला श्रेष्ठको खाद्यान्न स्टोरमा लगे र प्रहरी र स्थानीय संचारकर्मीको रोहवरमा पारदर्शी ढंगबाट त्यो पैसाबाट राहतको कति पोका तयार हुन्छ हिसाब गरे र पहिलो चरणमा २५० अति बिपन्न र ज्यालादारी परिवारलाई वितरण गरे । अझैपनी धेरैजना भोकै बस्नुपर्ने अवस्था आउन लागेकाले वडा अध्यक्षले दातालाई धन्यवाद दिँदै सबैलाई आ-आफ्नो ढाउँबाट सक्रियताका साथ गरिब दुखीको सहयोग गर्न अपिल समेत गरे । नगरपालिकाले समेत आउने सोमबारदेखि राहत बाँड्ने योजना बनाएको छ ।
