• Saturday 25th of July 2026

नेकपाद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना


  • गोकर्णेश्वर अनलाइन

नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराईको गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा उपचार भइरहेको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीले जनाएको छ । सो पार्टीका कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी भट्टराई अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) कक्षमा उपचाररत रहनुभएको र उहाँलाई भेटघाट नगर्न÷नगराउन चिकित्सकको सुझाव रहेको जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology