• Saturday 25th of July 2026

राष्ट्रिय सहमतिका लागि राजपाको अपिल


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले आज एक शुभकामना सन्देश जारी गर्दै सरकारकोतर्फबाट अझै प्रभावकारी भूमिकाका निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह गरेको हो । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लकडाउन घोषणा भएका अवस्थामा आम नेपाली जनसमुदायले आआफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बसी देखाएको धैर्यता र साहसको प्रशंसा गर्दै राजपाले आगामी दिनमा अझै परिस्थिति प्रतिकूल रहने सम्भावना देखिएकाले सजग र संयमित भई लकडाउनको नियम पालना गर्न पनि अपिल गरेको छ ।

साथै राजपाले नव वर्ष २०७७ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीमा उत्तरोत्तर प्रगति तथा सुख, समृद्धि, सुस्वास्थ र दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ को महामारीबाट सबैले मुक्ति पाउन भनी प्रार्थनासमेत गरिएको राजपाका संयोजक शरत्सिंह भण्डारीद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology