• Saturday 25th of July 2026

थुुनुवाको आरडिटी नेगेटिभ


  • गोकर्णेश्वर अनलाइन

प्रहरीको नियन्त्रणमा रहेका १७ थुनुवाको कोरोना आरडिटी नतिजा नेगेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा विभिन्न अभियोगमा पक्राउ परी हिरासतमा रहेका तिनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । थुनुवाको -यापिड डायग्नोष्टिक टेष्टपछि मात्र म्याद थप गर्नेसम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालयकोे हिरासतमा रहेका तिनको आरडिटी गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाको स्वास्थ्यको जिम्मेवारी प्रहरीको भएकाले उनीहरुको आरडिटी गरिएको बताइएको छ । हालसम्म सर्लाहीमा भारत तथा अन्य देशबाट आएका ९७ र जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १७ जनाको आरडिटी भइसकेको प्रमु्ख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology