• Sunday 26th of July 2026

बिरामीको नाममा यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा


  • गोकर्णेश्वर अनलाइन

लकडाउनका बेला बिरामी भन्दै यात्रु ओसार्ने आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको आरोपमा जिल्लाको सायल गाउँपालिकाको से१झ ३३४ नंको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको हो । एम्बुलेन्समा चालकसहित पाँच जना सवारी र केही सामान बोकेको पाइएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख कर्णबहादुर रौलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी जाँचका क्रममा एम्बुलेन्समा यात्रु बोकेको पाइएपछि हामीले नियन्त्रणमा लिएका छौँ, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छौँ, बाँकी माथिको आदेश आएपछि कारवाही हुनेछ ।”

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका समयमा यहाँका एम्बुलेन्स, सरकारी गाडी तथा खाद्यान्नलगायतका सावारी साधनले यात्रु बोक्ने गरेको गुनासो आएपछि प्रहरीले जाँचमा कडाइ गर्न थालेको छ । प्रहरीले नियन्त्रणमा लिएका एम्बुलेन्स, चालक तथा यात्रुलाई इलाका प्रहरी कार्यालय बुडरमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology