• Sunday 26th of July 2026

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ


  • गोकर्णेश्वर अनलाइन

रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो । दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology