• Sunday 26th of July 2026

हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण भेटियो


  • गोकर्णेश्वर अनलाइन

हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलाको हेटौँडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजीकार्य भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology