• Monday 27th of July 2026

एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित देखिएका छन् । थप एकमा पनि आज कोरोना सङ्क्रमण पुष्टि भएपछि सुनिल स्मृति गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढेको हो । सुनिल स्मृति–८ की २५ वर्षीया एक महिलामा कोराना पुष्टि भएको थियोे । उनी अहिले सो गाउँपालिकाको क्वारेन्टिनमा छिन् । उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएपछि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख अनिल केसीले जानकारी दिनुभयो । यसअघि सुनिलस्मृति– ५ मा दुई र वडा नं ६ मा एक सहित तीन पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको थियो । अहिले उनीहरुको सामान्यावस्था रहेको बताइएको छ । गाउँपालिकाका मात्रै २७६ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरु यही जेठ ९ गते भारतबाट आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology