• Monday 27th of July 2026

सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी


  • गोकर्णेश्वर अनलाइन

उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताउनुभएको छ । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उहाँले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उहाँले बताउनुभयो । उहाँले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताउनुभयो । कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उहाँसहितको एक उच्चस्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology