• Saturday 25th of July 2026

प्रतिस्थापन गर्ने विधेयक पारित


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि कानून, न्याय तथा तथा संसदीय मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । केही समयअघि सरकारको सिफारिमा सवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्था कायम गर्न राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो । सरकारले जारी गरेको केही समयभित्रै उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेपछि साविककै कानून कायम राख्न सोे विधेयक ल्याइएको हो ।

विधेयकलाई सरकार आफँैले फिर्ता लिएकामा स्वागत गर्दै प्रतिपक्षी सांसदहरुले राजनीतिक दलसम्बन्धी पुरानै व्यवस्था कायम राख्न सुझाव दिनुभयो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु खगराज अधिकारी, राजेन्द्रकुमार केसीलगायतले धारणा राख्नुभएको थियो । सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले जारी अध्यादेशले मन्त्रिपरिषद्को सिफारिसमा खारेज गरिसकेको र साविककै व्यवस्था कायम गर्न विधेयक प्रस्तुत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ववत व्यवस्था नै कायम प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गरिएको छ, विगतमा पनि साविकै व्यवस्था जगाउने काम थियो ।” प्रतिनिधिसभाको अर्काे बैठक आगामी असार ४ गते दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology