• Monday 27th of July 2026

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो


  • गोकर्णेश्वर अनलाइन

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँ मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा रहनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकको पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले आज जानकारी दिनुभयो । सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको बताइएको छ । अब जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुगेको छ ।

जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका–९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टिन र पाँच आइसोलेसनमा रहेको छ । यसैबीच विदेशबाट जिल्ला प्रवेश गर्ने व्यक्तिका लागि राख्न अरनिको राजमार्गस्थित सुकुटे माध्यमिक विद्यालयको छात्रावास भवनलाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको सम्पर्क समितिका संयोजक एवं जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology