• Monday 27th of July 2026

जटिल पत्थरीको सफल शल्यक्रिया


  • गोकर्णेश्वर अनलाइन

धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ । अस्पतालका डा आनन्द पाठक र अरुण पाण्डेको समूहले दूरबिन प्रविधिबाट विनाचिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिनुभयो । धनगढीमै मूत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुशी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology