• Monday 27th of July 2026

सर्पको डसाइबाट बालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology