• Saturday 25th of July 2026

एकताको बाटो अवलम्बन गर्न नेकपा पाल्पाको नेतृत्वलाई सुझाव


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाले नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभारसहित एकताबद्ध भएर अघि बढेको परिवेशमा विवादको बखेडा नझिक्न नेतृत्वलाई आग्रह गरेको छ । नेकपा जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव गिरबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी एकताको मूल भावनानुरुप एकताको बाँकी काम टुङ्गोमा पु-याउने कार्यमा जिम्मेवार ढङ्गले लाग्न आग्रह गरिएको छ ।

कोभिड–१९ को महामारी, सीमा समस्या र आर्थिक संकट समाधान गर्न सिङ्गो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको जनाउँदै जिल्ला नेताहरुले अहिले जनतामा नकारात्मक सन्देश प्रवाह भएकाले नेतृत्वले जिम्मेवार तरिकाबाट एकताको भावनालाई मजबुत बनाउँदै सहमतीय पद्धति अबलम्बन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology