• Monday 27th of July 2026

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण


  • गोकर्णेश्वर अनलाइन

नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ । ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो ।

अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् । दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारिरीक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरुको पनि भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology