• Saturday 25th of July 2026

बालक हत्याका थप एक अभियुक्त पक्राउ


  • गोकर्णेश्वर अनलाइन

डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले हालसम्म जाहेरीका आधारमा मेलखालीकै ३० वर्षीय टीकाराम ओली, ५५ वर्षीया निरु भन्ने निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का, ३३ वर्षीय हरिकृष्ण भाट, १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताउनुभयो । गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका सात वर्षीय छोरा हिमांशुको मुत्यु भएको थियो । झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो । घटनापछि घाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology