• Monday 27th of July 2026

उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको राससलाई जानकारी दिनुभयो । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology