• Saturday 25th of July 2026

मुर्दाघर तथा शवदाहस्थल निर्माण


  • गोकर्णेश्वर अनलाइन

प्यूठान नगरपालिका–२ स्थित झिमरुक नदी किनारमा झिमरुक मुर्दाघर तथा शवदाहस्थल निर्माण गरिएको छ । वडा नं २ का वडाध्यक्ष खिमबहादुर बिष्टको स्मृतिमा मुर्दाघर तथा शवदाहस्थल निर्माण गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा प्यूठान नगरपालिका र वडा कार्यालयबाट बजेट विनियोजन गरी संरचना निर्माण गरिएको निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष कमला आचार्यले बताउनुभयो । वडा कार्यालयको रु सात लाख ५० हजार, प्यूठान नगरपालिकाको रु पाँच लाख र जनश्रमदान रु तीन लाख १२ हजार २१८ गरी कूल रु पाँच लाख ६२ हजार २१८ लागतमा उक्त संरचना निर्माण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्थानीयवासी मुक्तिप्रसाद शर्माले दिएको एक रोपनी जग्गामा दुईकोठे मुर्दाघर र शव जलाउनका लागि दुई स्थानमा शवदाह पीठ निर्माण गरिएको छ । गत जेठ १५ गते निर्माण सम्झौता गरी असार मसान्तमा काम सम्पन्न गरेको आचार्यको भनाइ छ । मुर्दाघर तथा शवदाह पीठ निर्माणले शव बाटोमै राख्ने अवस्थाको अन्त्य हुने उपभोक्ता समिति अध्यक्ष आचार्यले बताउनुभयो । अबका दिनमा मृतकको शवलाई सवारीसाधनमा लगेर मुर्दाघरमा राख्न सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology