• Monday 27th of July 2026

स्वास्थ्य सामग्री वितरण


  • गोकर्णेश्वर अनलाइन

पनौती नगरपालिकालाई २० मेडिकल श्यया र ५० थान हाइजिन किट प्रदान गरिएको छ । कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारी एवं पनौती नगरपालिकाको समन्वयमा सञ्चालित इन्द्रेश्वर मावि क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको स्वास्थ्य तथा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले सो सामग्री प्रदान गरेको केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले जानकारी दिनुभयो ।

संस्थामार्फत सोमबार २० थान मेडिकल श्यया र ५० थान हाइजिन किट नगर उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी र स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेको उहाँले बताउनुभयो । उपलब्ध सामग्री क्वारेन्टिन र आइसोलेसन श्यया दुवैका लागि प्रयोग गर्न सकिने खालको रहेको र कोभिड–१९ महामारी पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण भएपछि त्यसलाई अस्पतालको श्ययामा परिणत गर्नसमेत सकिने खालको रहेको जनाइएको छ ।

उपप्रमुख बञ्जाराले प्राप्त श्यया र हाइजिन किट नगरपालिकाले निर्माण गर्ने आइसोलेसन श्ययाका लागि प्रयोग गर्ने बताउनुभयो । “हामीले नगरपालिकाले नै खर्च गरी यसअघि नगरको दुई ठाउँमा क्वारेन्टिनको राम्रो व्यवस्थापन गरिसकेका छौँ, अब अहिले प्राप्त सामान आइसोलेसन श्यया निर्माण गर्न प्रयोग हुनेछ”, उहाँले भन्नुभयो, “यसरी प्राप्त सामग्रीले नगरपालिकालाई आइसोलेसन श्यया निर्माण गर्नमा थप मद्दत मिलेको छ ।” यसअघि पनि कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत ती दुई संस्था एवं पनौती नगरपालिकाको समन्वयमा नगरपालिकाले निर्माण गरेको दुई वडा क्वारेन्टिन र १२ वटा नं स्वास्थ्य कार्यालयहरुमा हात धुने स्टेसन, एक वृद्धाआश्रम, एक बालगृह र विपन्न २२५ घरपरिवारलाई खाद्यान्न वितरण गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology