• Saturday 25th of July 2026

औचित्यहीन विभाग खारेज गर्नुपर्ने कांग्रेस युवा नेताहरुको माग


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उहाँहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गर्नुभएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्ति गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको उल्लेख गर्दै उहाँहरुले विभाग गठनका कार्य तत्काल रोक्न र गठन गरिएका औचित्यहीन विभाग खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले विज्ञप्तिमार्फत पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँहरुले समयको पदचाप, पार्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई नेतृत्वले महसुस गरी अघि बढ्नपर्ने आग्रह गर्नभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology