• Saturday 25th of July 2026

अवैध बन्दुकसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । उनीहरु एकै परिवारका दाजुभाइ हुन् । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology