• Saturday 25th of July 2026

परम्परागत चित्रकार प्रेममानको निधन


  • गोकर्णेश्वर अनलाइन

वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ । नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आज अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । यसैबीच प्रतिष्ठानले आज एक शोक वक्तव्य जारी गरी उहाँको निधनले स्तब्ध भएको जनाएको छ ।

दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ । वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानको कामनासहित समवेदना प्रकट गरिएको छ । उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology