• Monday 27th of July 2026

नेपालमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहनुभएकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो । पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेको अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताउनुभयो ।उहाँका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । ती मध्ये दुईजनाको अन्य स्वास्थ्य समस्या भएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology