• Saturday 25th of July 2026

बाढीमा फसेका महिलाको उद्धार


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका —२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो ।

गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा ती महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताउनुभयो । बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology