• Sunday 26th of July 2026

सैनिकद्वारा आत्महत्या


  • गोकर्णेश्वर अनलाइन

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology