• Monday 27th of July 2026

रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने १२ जना पुगे


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology