• Friday 24th of July 2026

बौद्ध जोरपाटी युवा एकता समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न(फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन
सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौंको पुर्वी भेगमा रहेको बौद्ध जोरपाटी युवा एकता समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा गोनपा ६ का वडा अध्यक्ष रमेश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ३८ जनाले रक्तदान गरेको समाजकी अध्यक्ष सन्जिता लामाले आशाका किरण मिडियालाई बताइन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा कार्यलयको आर्थिक सहयोग रहेको बौद्ध जोरपाटी युवा एकता समाजकी अध्यक्ष सन्जिता लामाले जानकारी दिनुभयो ।

भर्खरै दर्ता भएको बौद्ध जोरपाटी युवा एकता समाज युवाहरुलाई समाजसेवामा प्रोत्साहन गर्न स्थापना भएको सचिव रबिकुमार बरुवालले बताए । कार्यक्रममा वडा सदस्य नवराज लामा,जगन्नाथ ढकाल लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ टोलीले रक्त संकलन गरेका थिए । हेर्नुस् फोटो :

    

    

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology