• Tuesday 28th of July 2026

रेडक्रसद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


  • गोकर्णेश्वर अनलाइन

अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विपद्का समयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने देखिएकाले उनीहरुलाई प्रसूति सेवाका लागि नजीकैको स्वास्थ्य संस्था वा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो । आगामी डिसेम्बरसम्म उपलब्ध हुने सो सेवाका लागि रेडक्रसले मापदण्डसमेत निर्धारण गरेको रेडक्रस शाखाका सभापति डिबी घर्तीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology