• Tuesday 28th of July 2026

जुम्लाको चन्दननाथ नगर प्रमुख सेजुवाललाई कोरोना सङ्क्रमण पुष्टि


  • गोकर्णेश्वर अनलाइन

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो ।

पूर्वराज्यमन्त्री समेत रहनुभएका कुँवरले भन्नुभयो, “उच्च ज्वरो आइ पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु ।”

नगरप्रमुख सेजुवालले सङ्क्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिनुभयो । यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी सङ्घका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई सङ्क्रमण भएको थियो । उहाँहरु सबै जना कोरोनाबाट मुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology