• Tuesday 28th of July 2026

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख खरेल कोरोनामुक्त


  • गोकर्णेश्वर अनलाइन

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बस्नुभएको थियो । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताउनुभयो ।
आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology