• Tuesday 28th of July 2026

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology