• Tuesday 28th of July 2026

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा


  • गोकर्णेश्वर अनलाइन

प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने रु दुई लाख ६२ हजार गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले बताउनुभयो । कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology