• Monday 27th of July 2026

ज्यान मार्ने धम्की दिएको भनी ब्लड बैंकका इञ्चार्जविरुद्ध पत्रकारबाट उजूरी


  • गोकर्णेश्वर अनलाइन

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ । डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको हो ।
प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology