• Monday 27th of July 2026

छठ पूर्जा गर्न दिन माग


  • गोकर्णेश्वर अनलाइन

स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ ।

मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए ।

भैतिक दूरी कायम गरी सामान्य तरिकाले पर्व मनाउन व्रतालुले नदीमा वा तलाउमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने कार्य कतैबाट रोक नहोस् भन्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर, झरना चोक छठ पूजा समारोह, पिछरा वडा नं ११ छठ पूजा समारोह समिति, हिन्दू परिषद् नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा सङ्घ, मोरङ माछा व्यवसाय सङ्घ, मरिक टोल सङ्गठनका अध्यक्ष तथा सचिवको सहभागिता रहेको थियो । छठ पूजा आगामी मङ्सरि ५ र ६ गते रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology