• Tuesday 28th of July 2026

क्षेत्रीय अस्पतालको क्षमता वृद्धि गरिने


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना रोकथाम र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ ।
मन्त्री गुरुङले कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारबारे भन्नुभयो, “अदालतले नै कोभिडको उपचार सरकारलाई निःशुल्क गर्नु भनको छ, गण्डकी प्रदेश सरकारले पनि निःशुल्क उपचारका लागि प्रक्रिया अघि बढाएको छ ।”
अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ कार्यक्रममा उहाँले कोरोना सङक्रमितको उपचारका लागि गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गर्ने, यस क्षेत्रका अस्पताललाई ५०–५० शै्यया छुट्याउन निर्देशन दिने र जिल्ला अस्पतालमा नै सङ्क्रमितको उपचारका लागि आवश्यक प्रक्रिया शुरु गर्ने बताउनुभयो । अहिलेको जटिल अवस्थामा जनताहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होम आइसोलेशनमा बसेर स्वयं उपचार गर्न सकेको खण्डमा कोरोना महामारी नियन्त्रणमा ल्याउन सहज हुने उहाँको भनाइ थियो ।
संघका अध्यक्ष गणेश बरालले पोखरा –१७ निवासी हाल बेलायतमा रहनुभएका इन्द्र घोतानेको सक्रियतामा अनलाइन पत्रकार संंघलाई ९१ हजार रुपैयाँ प्राप्त भएको जानकारी गराउनुभयो । उहाँले उक्त रकमबाट अनलाइनमा कार्यरत पत्रकारलाई सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिने जानकारी दिनुभयो ।
सो अवसरमा संघका सल्लाहाकारद्वय राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित केशव पाठक र प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट सम्मानित दिपेन्द्र श्रेष्ठलाई संघले सम्मान गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology