• Thursday 30th of July 2026

स्वास्थ्य क्षेत्र विस्तार गर्न सरकार गम्भीर


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । कैलालीको टीकापुर अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री रावतले ग्रामीणस्तरसम्म स्वास्थ्य सेवा पु-याउने उद्देश्यले नै देशभरी ३९६ अस्पताल निर्माणलाई सरकारले शुरु गरिसकेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा तिनै सरकारको आ–आफ्नो जिम्मेवारी रहेको बताउँदै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने जनाउनुभयो ।

राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी दिँदै अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । टीकापुर अस्पतालको भौतिक संरचना निर्माण, दक्षजनशक्तिको व्यवस्थापन र चिकित्सकको आवास घरको निर्माणका लागि मन्त्रालयमा छलफल गरी बजेट विनियोजन गरिने आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology