• Thursday 30th of July 2026

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित


  • गोकर्णेश्वर अनलाइन

विश्वव्यापी महामारिका रुपमा पैmलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ । अन्य आठ जिल्लामा मृत्युको सङ्ख्या ८१ मात्र रहेको छ । गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छैन भने तनहुँ २०, नवपरासी पूर्व २०, स्याङ्जामा १३, गोरखा नौ, वाग्लुङ आठ, लमजुङ पाँच, पर्वत र म्याग्दीमा तीन÷तीन जनाको मृत्यु भएको तथ्याङ्क छ ।

स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार यो प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या कूल एक हजार ६१२ मध्ये कास्कीको पोखरामा मात्र ६५६ रहेका छन् । कूल १३ हजार ५६३ सङ्क्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख १५ हजार ६०४ जनाको पिसिआर परीक्षण गरिएकामा १३ हजार ५८३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । एक लाख दुई हजार २१ जनामा नेगेटिभ देखिएको थियो भने एक हजार ६३२ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म प्रदेशमा निको हुने दर ८६.६२ प्रतिशत, सक्रिय सङ्क्रमित दर १२.०२ प्रतिशत र मृत्यु हुने दर १.३७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशमा कोभिड–१९ को नियन्त्रण र उपचारमा तोकिएका मुख्य अस्पतालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, सङ्क्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी मेडिकल कजेल, चरक मेमोरियल, फिस्टेल अस्पताल रहेका छन् । अन्य अस्पतालमा फेवा सिटी, लेकसिटी, पार्कल्याण्ड, पश्चिमाञ्चल सामुदायिक, मेडिप्लस, नमस्ते, ग्यालेक्सी, मेट्रोसिटी, कास्की सेवा, गोरखा र पर्वत जिल्ला अस्पताल, धौलागिरि, मध्यविन्दुलगायतका विभिन्न १९ वटा अस्पतालमा कूल २२३ आइसियु र ६२ भेन्टिलेटर श्ययाको व्यवस्था गरिएको छ ।

विशेष गरी गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा श्रमिक, मजदूर र ज्यालादारी वर्गको जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेर सबैभन्दा नजिकका सरकारको पुष्टि गरेका छन् । सरकारले प्रदेशअन्तर्गतका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बीउ पूँजी उपलब्ध गराएर राहत कोष शुरु गरेसँगै जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा विभिन्न सङ्घसंस्थाको सामूहिक पहलमा कोरोना नियन्त्रण तथा पारेका समस्या समाधानमा अविष्मणीय कार्य भएका छन् ।

मुलुकका तीनै तहका सरकारको पहलमा पिसिआर परीक्षणमा तदारुकता देखाउँदै सङ्क्रणको अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलेसमेत सुरक्षा मापदण्डको पालना गर्दै आआप्mनो क्षेत्रमा अहोरात्र खटेका थिए । पछिल्लो समय सर्वसाधारणले पनि मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेलगायतका सरसफाइ र सुरक्षाका मापदण्ड पूरा गरेकै कारण यतिखेर प्रदेशमा सङ्क्रमण कम भएको अनुभूति गर्न थालिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवसरका लागि सबै क्षेत्रका मानिस आउने र जनसङ्ख्यासमेत अध्याधिक भएका कारण सङ्क्रमण अभैm पनि कम भएको छैन । पछिल्लो समय पिसिआर परीक्षण भने घटेको छ । प्रदेश सरकारले सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको भए पनि कतिपय सङ्क्रमितको परिवारले उपचारका लागि सरकारी अस्पतालमा भन्दा बिरामीलाई निजी अस्पतालमा लैजाँदा महङ्गो महसुस गर्नुका साथै धेरैतिर डुलाउँदा ज्यानसमेत गुमाउन पुगेका थिए ।

कोभिड– १९ को सङ्क्रमण रोगथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा गठित उच्चस्तरीय निर्देशन समितिले योजनाबद्धरुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology