सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भएको आत्मरक्षा तालिम सम्पन्न भएको छ । ६ सामुदायिक विद्यालयका ६०० किशोर किशोरीकोलागि तालिम आयोजन गरेको कार्यक्रम संयोजक अजिता कपालीले बताईन्। कार्यक्रमको समापन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गरेका थिए। पछिल्लो समय हिंसा बढ्दै गएको कारण सो तालिम आयोजना गरिएको अजिता कपालीले बताइन् । कार्यक्रममा सहभागीलाई नगर प्रमुख सन्तोष चालिसेले प्रमाणपत्र वितरण गरेका थिए । हेर्नुस् फोटो फिचर :

