• Monday 27th of July 2026

जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाउनुभो ।

उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गर्नुभयोे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology