• Thursday 30th of July 2026

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर


  • गोकर्णेश्वर अनलाइन

कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्, झण्डै १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाले व्यवसाय ठप्प त पा¥यो नै, धेरै जनाको रोजगारीसमेत प्रभावित भएको छ ।”

बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको अध्यक्ष भण्डारीले बताउनुभयो । करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताउनुभयो ।

“पछिल्ला वर्षमा एटिएम कार्डको बढ्दो प्रयोगले पनि यो व्यवसाय प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान मुद्रा सटही नै हो, त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।” बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पु¥याएको भण्डारीको भनाइ छ । उहाँका अनुसार सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ ।

कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको बताउँदै उहाँले यसले गर्दा मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उल्लेख गर्नुभयो । पर्यटनमा विगतदेखि नै मुद्रा सटहीहरूले महत्वपूर्ण योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology