सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल महिला तथा बाल सेवा समाजले मनोपरामर्श तालिमको उत्घाटन गरेको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सन्चालित तालिम नेकपाका काठमाडौं जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदश्य कृष्ण राईले उत्घाटन गरेका थिए। कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष त्रीपुरा श्रेष्ठले गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष तारा पुडासैनीले सन्चालन गरेको कार्यक्रममा समाजसेवी बिनोद चापागाईं,दुर्गा फुयाल,तुलसा तिमिल्सिना,लक्ष्मी श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक शान्ती श्रेष्ठले संस्थामा आश्रीत बालबालिकालाई तालिममा राम्रोसंग सिकेर सिकेका कुरालाई ब्यवहारमा लागू गर्ने अनुरोध गर्नु भएको छ । कार्यक्रममा विद्यार्थीलाई कपडा तथा खाद्यान्न हस्तान्तरण समेत गरिएको थियो ।

