• Tuesday 28th of July 2026

डोटीमा दश हजारभन्दा बढीले कोरोनाविरुद्वको खोप लगाए


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियोे । स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फाल्गुन २३ देखि यही चैत १ गतेसम्म सञ्चालन गरेको थियोे ।

खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ ले उक्त खोप लगाएका हुन् ।

खोपबाट कसैलाई पनि ठूलो किसिमको लक्षण देखा नपरेको बताइएको छ । नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई अर्काे पटकमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । पहिलो चरणमा भने सरकारले मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology