सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले अब ७ वटै प्रदेशमा नेपाल स्काउटको तालिम केन्द्र बनाउन आफू लागि परेको बताएका छन् । नेपाल स्काउटले आफ्नो राष्ट्रिय र सहायक राष्ट्रिय प्रशिक्षकहरुकोलागी चाबाहिलको स्मार्ट पार्टी प्यालेसमा आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै सो धारणा सार्वजनिक गरेका हुन् । हाल ककनीको नुवाकोटमा मात्र तालिम केन्द्र हुँदा अन्य प्रदेशको स्काउट गतिविधि गर्न असहज महसुस गरेकोले ७ प्रदेशमा अन्तरास्ट्रिय स्तरको सुविधा सम्पन्न तालिम केन्द्र बनाउन आफू लागिपरेको धारणा सार्वजनिक गरेका थिए ।
संयोजकको योजना सुनेर देशभरका कुना काप्चाबाट आएका स्काउटका लिडरहरुले खुसी ब्यक्त गर्दै स्काउटलाई जन-जनमा पुर्याउन सुझाव समेत दिएका थिए । हिजो सुरु भएको कार्यक्रम आज समापन हुने छ । युवा तथा खेलकुद मन्त्री दावा लामाले कार्यक्रमका सहभागिलाई प्रमाणपत्र वितरण गरेर क्षमता अभिवृद्धि कार्यक्रम समापन गर्ने नेपाल स्काउटले जनाएको छ ।






