• Monday 27th of July 2026

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology