• Tuesday 28th of July 2026

भारतबाट फर्किएकी जानकीको मृत्युपछि तेछाडा गाउँ सिल


  • गोकर्णेश्वर अनलाइन

शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ । जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ । जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।

सुपमा १८६ औलो रोगी फेला

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छन् । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउछन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन् । उहाँका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् । जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ ।

विद्यालयमा टिकाइराख्न पाठ्यसामग्री वितरण

जिल्लामा कार्यरत समान पहुँच विकास केन्द्र सिड नेपालले दिपायल सिलगढी नगरपालिका–९ कलेनाका बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ । वडाका सबै बालबालिका विद्यालय आउन र आएकालाई विद्यालयमा टिकाइराख्न स्टेसनरीका सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । समान पहुँच विकास केन्द्र सिड नेपालले वर्ड भिजन इनरनेशनल नेपालको आर्थिक सहयोगमा बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको सस्थामा सामाजिक परिचालिका हेलन श्रेष्ठले जानकारी दिनुभयो । स्टेसनरी सामग्री पाएपछि बिद्यार्थी निकै खुशी भएका छन् ।

उक्त सामग्रीले विद्यार्थीको पढाइमा सुधार थप सुधार हुने स्थानीयबासी सूर्य साउदले बताउनुभयो । उक्त वडामा रहेका कम्तिमा पनि ४६५ जना भन्दाबढी विद्यार्थी प्रत्येकलाई कपी सात, डटपेन छ, भितेपात्रो, मास्क तथा कोरनाबाट बच्ने प्रचार सामग्रीलगायत रु एक लाख २७ हजार रकम बराबरको सामग्री वितरण गरिएको एकिकृत बाल संरक्षण परियोजनाका संयोजक किशोरवीक्रम सेनले जानकारी दिनुभयो । आर्थीकस्थिति कमजोर भएका विद्यार्थीलाई उक्त स्टेसनरी सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology